Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

१४ करोडको स्वास्थ्य सामाग्री लिएर आइपुग्यो स्पेनी चार्टर जहाज

६ जेठ, काठमाडौँ – स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहितको टोलीले १४ करोड बराबरको अति आवश्यक स्वास्थ्य सामाग्री स्पेनको चार्टर जहाजबाट काठमाडौं ल्याइपुर्याएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत शेर्पाको पहलमा ती सामग्री नेपाल ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत छन् ।

यसअघि बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनी समकक्षी अरन्जा गोन्जालेजबीच टेलिफोन संवाद भएको थियो । ज्ञवालीले स्वास्थ्य सामाग्री सहायताबारे स्पेनलाई धन्यवाद दिनुभएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE