आईपीएल मेघा अक्शन आजदेखि सुरु हुँदै
२९ माघ, एजेन्सी – इन्डियन प्रिमियर लिगको २०२२ को संस्करणका लागि आज मेगा अक्सन सुरु हुँदै छ। दुई दिन चल्ने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीमा बोली लगाउँदै छन्। यस अघि नै १० टिमले ३३ खेलाडी रिटेन गरिसकेका छन्। अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ। मार्की खेलाडीको छनोटमा ४ भारतीय खेलाडी रहेका छन्। त्यस्तै ६ विदेशी खेलाडी रहेका छन्।
लिलामीमा ३७० भारतीय खेलाडीसहित १४ देशका २२० विदेशी खेलाडी रहेका छन्। विदेशी खेलाडीमा अस्ट्रेलियाका ४७, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, इंग्ल्यान्ड र न्युजिल्यान्डका २४(२४ खेलाडी हुँदा श्रीलंकाका २३ खेलाडी रहेका छन्। त्यस्तै अफगानिस्तानका १७ खेलाडी रहँदा बंगलादेश, आयरल्यान्डका ५(५ नामिबियाका ३, स्कटल्यान्डका ३ र नेपाल, अमेरिका, जिम्बावेदेखि समान १(१ खेलाडी रहेका छन्।
अक्सनमा एक टोलीले बढीमा २५ र कम्तिमा १८ खेलाडी किन्नुपर्ने हुन्छ। एक टोलीले ९० करोड खर्च गर्ने प्रावधान हुँदा केहि रकम खेलाडी रिटेनका क्रममा क्लब हरुले खर्च गरिसकेका छन्।
एक टिमसँग बढीमा ८ मात्र विदेशी खेलाडी हुने भएकाले विदेशी खेलाडीमा प्रतिस्पर्धा हुन्छ। तर यो पटक दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स (अहमदाबादले राखेको नयाँ नाम) र लखनऊ सुपर जायन्ट थपिएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE