Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

ओलीविरुद्ध डटेर लड्न १५ नेता एकजुट

१३ जेठ, काठमाडौँ  – एमाले बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका छन् ।

नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका नेता एवम् सांसद गरेर ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति आक्रोश व्यक्त गर्दै नेताहरुले त्यसलाई स्वेच्छाचारी निर्णयको संज्ञा दिएका हुन् ।

उनीहरूद्वारा जारी सामूहिक वक्तव्यमा भनिएको छ, “ यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौँ ।”

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE