Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

रोनाल्डोले कोकको बोतल हटाएर पानी पिउँदा कोकको सेयर मूल्यमा ४ अर्ब घाटा (भिडियोसहित)

रोनाल्डोले कोकको बोतल हटाएर पानी पिउँदा कोकको सेयर मूल्यमा ४ अर्ब घाटा (भिडियोसहित)

एजेन्सी– पोर्चुगलका कप्तान रोनाल्डोले कोकका दुईओटा बोतल हटाएर पानी पिउँदा ठूलो घाटा व्यहोर्नु परेको छ ।

कप्तान रोनाल्डोको प्रि म्याच कन्फ्रेन्सका क्रममा हंगेरीमा भएको कार्यक्रमको उक्त कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बन्दा कोकले घाटा व्यहोरेको हो । भिडियोमा रोनाल्डोले कोकका दुईओटा बोतल हटाएर पानी पिएको देखिन्छ ।

रोनाल्डोको यो व्यवहारका कारण कोकले आफ्नो शेयर भाउमा ४ अर्ब डलर घाटा बेहोर्नु परेको बताइएको छ ।

यसै भिडियोका कारण कोकको सेयर मुल्य ५६.१० बाट घटेर ५५.२ अमेरिकी डलरमा झरेको छ । जसले कम्पनीको बजार भाउ २ सय ४२ मिलियन डलर बाट २ सय ३८ बिलियन डलरमा झरेको बताइएको छ ।

रोनाल्डोले स्वास्थ्यको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् ।

यो घटनापछि युरो कपका अधिकारिक प्रायोजक रहेको कोकाकोलाले विज्ञप्ती जारी गर्दै, ‘फरक आवश्यकता र स्वादका आफूले चाहेको पेय पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’ भनेको छ ।

उनले यसअघि पनि आफूले छोरालाई पेय पदार्थबाट टाढा राख्ने कोशिस गरेको बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE