बबई नदीमा आएको बाढीले बगाउदा थारु दम्पती बेपत्ता
बर्दिया-बबई नदीमा आएको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । ठाकुरबाबा नगरपालिका–४ बगनाहाका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बबईको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरेर फर्कने क्रममा शनिबार बाढीमा बगेर उनीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाटबाट उनीहरु बगेर बेपत्ता भएका हुन् । चौधरी दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेपत्ता दम्पतीको खोजी भइरहेको छ ।
बबई नदीमा आएको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । ठाकुरबाबा नगरपालिका–४ बगनाहाका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बबईको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरेर फर्कने क्रममा शनिबार बाढीमा बगेर उनीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाटबाट उनीहरु बगेर बेपत्ता भएका हुन् । चौधरी दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेपत्ता दम्पतीको खोजी भइरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE