Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना छैन मौसम पूर्वानुमान

२५ भदौ,काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ ।

घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् भारी र अतिभारी वर्षा नहुने बताए।

‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने। हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ।

साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक छ। शुक्रबार बिहान कर्णाली र सुदूरपश्चिका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE