Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेकपा नेता मोदीद्वारा कुलमानमाथि भष्ट्राचारको आरोप, सावित भए झुण्डिएर मर्न तयार छु : कुलमान

सवाल सम्वाददाता
बाग्मती- नेकपा सांसद अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा भनाभन भएको छ । सांसद मोदीले कुलमानलाई लोडसेडिङको नाममा भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ ।

बैठकमा  निर्देशक घिसिङले काम गर्न नदिएको आरोप लगाए पछि सांसद मोदीले मनपरी नबोल्न चेतावनी दिनुभएको थियो । घिसिङले सोही कुराको जवाफ फर्काउँदै आफुले भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिए मर्न तयार भएको बताउनु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गरेको वालिङका सवालमा छलफल गर्नको लागि ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वलाई लेखासमितिले बोलाएको हो। तत्कालीन मन्त्री र सबैको प्रयासका कारण लोडसेडिङ अन्त्य भयो, त्यसको पुरै जस कुलमान घिसिङ जिले मात्रै लिन खोज्नु भयो छलफलका क्रममा आफ्नो मत राख्दै सांसद मोदीले बताउनु भयो ।

लोडसेडिङ अन्त्यका नाममा प्राधिकरण नेतृत्वबाट गम्भीर नीतिगत अनियमितता भएको छ, मोदीको भनाइ थियो । एक वर्ष भन्दा पहिलेको मिटर बक्सको जडान गर्न नमिल्ने अवस्थामा दुई र तीन वर्षपछि गणना गर्ने नाममा प्राधिकरणले अनियमितता गर्न खोजेको प्रधिकरणमाथि आरोप लगेको छ, भने त्यसको जवाफमा निर्देशक घिसिङले आफुलाई लागेको आरोप सही सावित भएमा झुण्डिएर मर्न तयार रहेको  बताउनु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE