नेकपा सचिवालयको बैठक बस्दै
२० असोज
काठमाडौं – तीन दिनदेखि लगातार स्थगित भएको नेकपा सचिवालयको बैठक आज बस्ने भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटभएपछि स्थगित भएको बैठक बोलाउने निर्णय गरिएको हो ।
दुई अध्यक्षबीच बैठकको एजेण्डाबारे समेत सामान्य छलफल गर्दै अपराह्न चार बजे बैठक बोलाउने निधो भएको थियो ।
पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।
उक्त विषयमा समेत बैठकमा सदस्यले प्रश्न उठाउने बुझिएको छ । उता, यसअघि नै मन्त्रिपरिषद पुर्नगठन गर्ने विषयमा समेत आज बैठक केन्द्रित रहने बुझिएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी स्वरुप केही नेता तथा सांसदलाई तोकेरै मन्त्रालय लिन आग्रह गर्नु भएको बताइएको छ ।
अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालय लिन आग्रह गर्नु भए पनि पाण्डेले अस्वीकार गरेको बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE