Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

सत्ता पक्षको अनुपस्थितिमै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

२७ साउन, काठमाडौँ – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो ।

बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन् ।  बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए । आफूहरुले पटक पटक मुख्यमन्त्रीलाई ‘तपाई अल्पमतमा हुनुहुन्छ, विश्वासको मत लिएर देखाउनुस्’ भनेर आग्रह गरेको तर अटेर गर्दै वैशाख यता संविधान र कानुनको ठाडो उल्लंघन गरेर सरकारको नेतृत्व गर्दै आएको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले केही बेर अघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE