आन्तरिक तर्फको हवाई उडान असार १७ देखि भर्न पाइने
आन्तरिक तर्फको हवाई उडान असार १७ देखि भर्न पाइने
९ असार, काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान सुचारु गर्न दिने निर्णय गरेको छ ।
मन्त्रालयले कुल यात्रु क्षमतामा ५० प्रतिशत भन्दा बढी यात्रु राख्न नपाउने गरी आन्तरिक उडान गर्न दिने निर्णय गरेको हो ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको हो ।
यद्यपि आन्तरिक उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने अझै खुलाइएको छैन । प्राधिकरणले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राप्त भएपछि मात्र गन्तव्यहरुबारे पत्राचार गरिने जनाएको छ ।
सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।
मन्त्रालयले आज नै एक विज्ञप्ती जारी गरि उडान खोल्ने मिति तय गरेको थियो भने अन्तर्राष्ट्रिय उडानका लागि भने गन्तव्य समेत प्रकाशन गरिसेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE