Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको भाउ बढ्यो

२४ भाद्र

काठमाडौँ – बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय १५ रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE