संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता
काठमाडौं-संखुवासभामा पहिरोजाँदा ११ जना बेपत्ता भएका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोले आठवटा घर बगाएको छ भने ११ जना मानिस बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको छ ।
जिल्ला सदरमुकामको विभिन्न स्थानमा पनि पहिरोले क्षति पु¥याएको छ । सदरमुकामको ठाउँठाउँमा पहिरो जाँदा उद्धारकार्यमा टोली परिचालन गर्नसमेत समस्या भएको प्रहरीले जनाएको छ । लगातारको वर्षा र विभिन्न स्थानमा गएको पहिरोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE