सरकारी विद्यालयमा शिक्षाको गुणस्तर बढाउन आवश्यक छ : मन्त्री श्रेष्ठ
२४ फागुन
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारी बिद्यालयमा शिक्षकहरुको आकर्षण बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापमा पुर्ननिर्माण हुन लागेको विष्णुदेवी माविको शिलान्यास गर्दै उहाँले सो बतानुभएको हो ।
शिल्यानाश कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र सरकारको ध्यान त्यसतर्फ रहेको बताउनुभयो ।
त्यस्तै सरकारी बिद्यालयमा शिक्षकहरुको आकर्षण बढाउन सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।
त्यस्तै भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले नेपालको बिकासमा भारतको सदैव सकारात्मक सहयोग हुने बताउनुभयो ।
उक्त बिद्यालय २०७२ सालको बिनासकारी भूकम्बाट क्षति भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE