युक्रेनी सेनाको मिसाइल आक्रमणमा परी २० जना रुसी नागरिकको मृत्यु
१ चैत, एजेन्सी – युक्रेनी सेनाको मिसाइल आक्रमणबाट डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसी सेनाले जनाएको छ ।
युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनएको हो ।
दोनेत्सक रुस समर्थक पृथकतावादीको पकड रहेको क्षेत्र पनि हो । सो क्षेत्रलाई गत महिना रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE