Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

९ साउन, काठमाडौं– यौन दुव्र्यवहार गरेको अभियोगमा अर्घाखाँचीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

जंगलमा बाख्रा चराउन गएको अवस्थामा कुमालले यौन दुर्व्यवहार गरेको तथा जबरजस्ती करणी समेत गर्न खोजेको भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE