प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्र गम्भीर संकटमा परेको पत्रकार महासंघको ठहर
प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्र गम्भीर संकटमा परेको पत्रकार महासंघको ठहर
८ जेठ, काठमाडौं– पत्रकार महासंघले वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदै राष्ट्रपतिले मध्यरातमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गर्नुलाई लोकन्तत्र गम्भीर संकटमा पार्ने ठहर गरेको छ । निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने कार्य गरेको महासंघले ठहर गरेको हो ।
जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको महासंघको धारणा छ। अस्पतालमा बेड र अक्सिजन चाहिएको राष्ट्रपतिको जालझेलपूर्ण कदमले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको महासंघको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ ।’
महासंघले असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ उभिन प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरुलाई महासंघले आह्वान गरेको छ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE