Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सरकारलाई दिएको समर्थन माओवादीले हतारमा फिर्ता लिन्न : पुन

३ चैत
काठमाडौँ –
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारलाई दिएको समर्थन हतारमा फिर्ता नलिने बताएका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि नेता पुनले माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन्।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाई छ।

उनले भने, ‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ। हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस्। किनभने तपाईले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै आजको बैठकले अनुरोध गरेका छौँ।

WRITE COMMENTS FOR THIS ARTICLE