Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी मधुवन नगरपालिकामा सम्पन्न

पारिवारिक मूल्यमान्यताको अवमूल्यन हुँदा विश्व द्वन्द्वग्रस्त अवस्थामा पुगेको/अवको नेतृत्वाम नैतिकता र नवीनता हुनुपर्नेमा जोड दिँदै वर्तमान नेतृत्व नैतिक पतन भइसकेको..........

१५ मंसिर, काठमाडौँ-बर्दियाको मधुवन नगरपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता तथा नयाँ नेतृत्वको ढाँचा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र मधुवन नगरपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्दिजिवी र समाजसेवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरञ्जन थापा र कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । महासचिव थापाले नयाँ नेतृत्वको ढाँचा र कार्यक्रम संयोजन भण्डारीले पारिवारिक मूल्यमान्यताका विषयमा प्रस्तुति दिनुभएको हो ।

 

विद्यमान परिवेशमा द्वन्द्वरहित सामज निर्माणमा परिवारिक महत्व कस्तो हुन्छ भन्ने विषयमा रहेर फेमिलि पीस एसोसिएशन नेपालका कार्यक्रम संयोजक भुपेन्द्रबहादुर भण्डारीले आफ्नो प्रस्तुति राख्नु भएको थियो । संयोजक भण्डारीले पारिवारिक मूल्यमान्यताको अवमूल्यन हुँदा विश्व द्वन्द्वग्रस्त अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले असल परिवार निर्माण गर्न सके मात्र विश्व समृद्धिको बाटोमा अघि बढ्ने धारणा राख्नुभयो । असल परिवार निर्माण गर्न साँचो प्रेममा आधारित पारिवारिक मूल्यमान्यताको विकास गनु पर्नेमा जोड दिनुभयो । उहाँले पारिवारिक विखण्डनले विश्वव्यापी विकृती सृजना भइरहेको भन्दै असल परिवार निर्माणनै सबै समस्याको समाधान भएको दाबी गर्नुभयो ।

त्यस्तै, समाज परिवर्तनका लागि समाजका अगुवाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ त भन्ने सवालमा केन्द्रीत रहेर प्रस्तुति दिँदै संस्थाका महासचिव निरञ्जन थापाले वर्तमान नेतृत्वको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ नेतृत्वको अवधारणाको समेत विश्लेषण गर्नुभयो । महासचिव थापाले अवको नेतृत्वाम नैतिकता र नवीनता हुनुपर्नेमा जोड दिँदै वर्तमान नेतृत्व नैतिक पतन भइसकेको बताउनुभयो ।

सहभागिहरुले वर्तमान परिपेक्षमा सुहाउदो र अति आवश्यक शिक्षा भएको प्रतिक्रिया दिए । उनीहरुले वर्तमान नेतृत्वको शैली परिवर्तन गर्नुपर्ने कुरामा सहमति रहेको बताए । त्यस्तै, उनीहरुले पश्चिमा संकृति पछ्याउँदा पारिवारिक मूल्यमान्यताको अवमूल्यन हुदै गएको बताए । मानिस परिवारमा नै बस्दै आएको भएपनि परिवारको महत्व अँझ स्पष्टसँग बुझ्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमको संयोजन तथा व्यवस्थापन मधुवन नगरपालिकाले गरेको हो भने प्राविधिक सहायोग फेमिलि पीस एसोसिएशनले गरेको हो ।

कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर गिरीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यकारी अधिकृत गिरीले असल शिक्षा दिँदै हिडेको फेमिलि पीस एसोसिएशनलाई सुभकामना समेत दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE