नेपालपक्ष र जसपालाई पर्खंदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो : श्रेष्ठ
१७ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको बताउनुभएको छ ।
आइतबार बसेको माओवादीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले जसपा र नेपाल पक्षले केही दिन पर्खिन भनेको बताउनुभयो।
“जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ। केही समय माग्नु भएको छ। धेरै ढिला गर्नु हुँदैन छिट्टै सरकारलाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE