Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बाँदर मार्ने कि बचाउने ? बहस संसदसम्म, संरक्षणमा एक्लै उत्रिए रिजाल

सवाल सम्वाददाता
बाग्मती- एकातिर बाँदरले मानिसलाई दुख दिएको भन्दै मार्ने अभियान चलेको छ भने अर्कातिर बाँदर मार्ने होइन बचाउने हो भन्दै बाँदरलाई आफ्नो सारथी ठान्ने व्यक्ति हुन् विश्वनाथ रिजाल । उनी केही वर्ष यता बाँदरको पक्षमा वकालत गर्दै आइरहेका छन् । हरेक वर्ष अन्तर्राष्ट्रिय बाँदर दिवस मनाउन छुटाउदैनन् । देश तथा विदेशबाट नेपाल घुम्न आएका र बाँदरको विषयमा काम गर्ने अन्तर्राष्ट्रिय व्यक्तिहरुलाई जम्मा पारेर बाँदर दिवस मनाउने गर्छन् । त्यस्तै बाँदर हाम्रो सत्रु होइन हाम्रो मित्र हो भन्दै देशका विभिन्न विद्यालय, कलेज तथा गाउँहरुमा पुग्छन् र बाँदरका विषयमा कुरा सुनाउछन् ।

यस वर्ष पनि अन्तराष्ट्रिय बाँदर दिवसका अवसरमा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जस्लाई उनि आवद्ध रहेको हरियालि रक्षकले अन्तर्राष्ट्रिय बादर दिवस मनाएको छ । बाँदरलाई मार्ने होइन बचाउनु पर्छ भन्ने भावनाका साथ काठमाडौँमा एक विषेश कार्यक्रम गरि यो दिवस मनाइएको हो । देशभरी बाँदर आतंक मच्यो भन्दै बाँदर मार्ने तथा स्थानान्तरण गर्ने भन्ने अभियान चलिरहेको तथा संसदमा समेत बाँदरले आतंक भयो भनेर बाँदर निर्मुल गर्ने बहस चल्दा बाँदर संरक्षण गर्ने संस्था, व्यक्ति देख्दा पक्कैपनि हासो उठ्ला तर बाँदर संरक्षण गर्ने नाममा विगत वर्ष देखि जनचेतनमुलक कार्यक्रमको साथै बाँदर दिवस मनाउंदै आएका व्याक्ति हुन विश्वनाथ रिजाल ।

विगतका वर्ष जस्तै यसपटक एन्जल्स सेकेण्डरी स्कुलमा बाँदर संरक्षणका विषयमा बहस कार्यक्रम वैशाख २७ गते सम्पन्न गरी मनाए । विद्यालयका शिक्षक एवं विद्यार्थीले बाँदर संरक्षण गर्ने विषयमा गहकिलो विचार प्रस्तुत गरे । सहभागी विद्यार्थीहरुले प्रकृतिमा बाँदरको अत्यन्त महत्व रहेको तथा बाँदरको बासस्थान लोप हुदै गएक कारण आज वातावरण प्रदुषण तथा मौसम परिवर्तनको चपेटामा परेको बताए । विद्यालय समन्वयकर्ता समिर राजभण्डारीले बाँदरको गुण मानिस सँग ९८ प्रतिशत मिल्ने भएका कारण यो प्राणी मानिस सँग नजिकको नाता रहेको र बाँदरको रुप भएका हनुमानको बल र बद्धि हाम्रो लागी प्रेरणादायी भएको बताउनुभयो ।

तार्केश्वर नगरपालिकाका प्याब्सनका अध्यक्ष धन बहादुर पुनले कतिपय ठाउँमा बाँदरहरु सकिदै गएका कारण वातावरणमा नकारात्मक असर परेको बताउनभयो । कार्यक्रमका प्रमुख अतिथि एलभिडिआइ इन्टरनेश्नलका प्रमुख डा. एन्डी जोन फिलिप्सले आफ्नो देश अमेरिकामा बाँदर नभएकोले प्रकृति सुन्दर जस्तै नलाग्ने बताउनु भयाे । तर, नेपालकाे प्रकृति बाँदरका कारणा सुन्दर छ र यहाँकाे जंगल अँझ रमणिय छ भन्नु भयाे । उहाँले बाँदर मात्र जोगाउन सके प्राकृतिक सन्तुलन हुने बताउनु भयाे । लिटिल ग्रिन गार्डका विश्वनाथ रिजालले बनजंगल घट्दै गएको तथा मानवका कारण बाँदर संकटमा परेको बताउनुभयाे । उहाँले बाँदरलाई वैज्ञानिक व्यवस्थापनबाट प्राकृतिक स्थानमानै रमाउन सकिने संभावना हुदा पनि आज यि प्राणी लोप हने अवस्थामा पुग्दा प्राकृतिक विपदको सुचक बन्दै गरेको बताउनुभायाे ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE