Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

युवकको हत्यामा संलग्न भएको आरोपमा तीन पक्राउ

युवकको हत्यामा संलग्न भएको आरोपमा तीन पक्राउ

१० असार, काठमाडौं– प्रहरीले हत्यामा संलग्न अभियोगमा कपिलवस्तुबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कपिलवस्तु नगरपालिका–८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार पक्राउ परेका हुन् ।

सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिजयको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको, सोही कारण बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कुटपिट गरेको, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनै जना मिलेर घाँटी कसी तथा कुटपिट गरी हत्या गरेपश्चात पोखरीमा शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE