टिकटकबाट चिनजान भएकी महिलालाई बलात्कार र लुटपाट गर्ने एक जना पक्राउ
१५ फागुन
विराटनगर – पछिल्लो समय हरेक अपराधका पछाडि कतै न कतै सामाजिक सञ्जाल जोडिने गरेको पाइन्छ । सामाजिक सञ्जालको गलत प्रयोगसँगै अपराधका नयाँ स्वरुप आइरहेका छन् ।
हालै प्रहरीले करणीपछि लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ती आरोपित हुन्, कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार लोकप्रिय एप टिकटकबाट चिनजान भएकी इटहरीकी एक महिलासँग इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा उनले २ दिन बिताए । तर युवती बाथरुममा नुहाउन गएको बेला युवतीको गरगहना र पैसा लिएर उनी फरार भए ।
माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सो जाहेरीपछि इलाका प्रहरी कार्यालय इटहरीले गुरुङलाई पक्राउ गरेको हो ।
इटहरीकी युवतीलाई ठगेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जार्दै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीको दावी छ । उनले अपराध गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE