Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

डडेल्धुरा कांग्रेसको रिले अनशनमा पौडेलको ऐक्यवद्धता

१७ आश्विन, काठमाडौं – नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्ललगायतले पार्टी कार्यालयमा गरेको रिले अनशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यवद्धता जनाउनुभएको छ।

एक सन्देश जारी गर्दै पौडेलले डडेल्धुरामा क्रियाशील सदस्यता विवाद नटुंग्याइ गरिएको वडा अधिवेशनको विरोध पनि गर्नुभएको छ। डडेल्धुरा सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो।

गत भदौ २५ मा सभापति देउवा पक्षले एकलौटी ढंगले डडेल्धुरामा वडा अधिवेशन गर्नुभएको थियो। त्यसविरूद्ध जिल्ला सभापति मल्ललगायत वरिष्ठ नेता पौडेल पक्षले विरोध गरिरहेको बताईएकोछ।

पौडेलले डडेल्धुरामा फेरि वडा अधिवेशन हुनुपर्ने बताइरहनुभउको  छ। उहाँले डडेल्धुरा कांग्रेसले जारी राखेको अभियानमा आफ्नो साथ रहेको पनि बताउनुभएको छ।

बलिया मिच्दै जाने र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लाजमर्दो विषय हो,’ पौडेलले जिल्ला सभापति मल्ललाई पठाएको ऐक्यवद्धता पत्रमा उल्लेख गर्नुभएको छ, ‘त्यसैले डडेल्धुरामा जुन ढंगबाट स्थानीय अधिवेशन भए त्यसका विरूद्धमा हाम्रो लडाइँ निरन्तर राख्न जरूरी छ।’

उहाँले अन्यायमा परेका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने पनि बताउनुभएको छ। डडेल्धुरा कांग्रेसले पार्टी कार्यालयमा विगत एक सातादेखि रिले अनसन जारी राख्नुभएको छ । क्रियाशील सदस्यता विवाद मिलाउनुपर्ने, फेरि वडा अधिवेशन गराउनुपर्नेजस्ता माग उहाँहरूको छ।

तर सभापति देउवा पक्षले भने डडेल्धुरामा फेरि वडा अधिवेशन गर्न सम्भव नभएको प्रतिक्रिया दिने गर्नुभएको छ। चुनावमा बागी, प्रस्तावक र समर्थक रहेकालाई क्रियाशील नदिइएको देउवा पक्षको भनाइ छ। तर पौडेल पक्षले भने तलबाट पठाइएका नाम हटाएर करिब तीन सय जनाको नाम सभापति देउवा पक्षले थप्दा विवाद भएको बताईएको छ।

 

 

 

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE