Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

साउन २७ गतेसम्मकालागि लम्ब्याइयो काठमाडौंमा निषेधाज्ञा

साउन २७ गतेसम्मकालागि लम्ब्याइयो काठमाडौंमा निषेधाज्ञा

१९ साउन, काठमाडौं– काठमाडौंमा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ ।

थपिएको निषेधाज्ञामा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

यस्तै खुला स्थानमा मानिसको भेला जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर आदि गर्न पाइनेछैन भने शैक्षिक संस्थाहरुले पनि भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने आदेशमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE