Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

झरना थापाद्वारा निर्देशित ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकियो

४ फागुन
काठमाडौं – फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको छ । आज सोमबार नारी दिवसको दिन झरना थापाद्वारा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको हो । फिल्मका निर्माता सुनिल कुमार थापाले फिल्म भदौ १८ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

सुनिलले आफ्नो फेसबुकमा लेखेका छन् , ‘१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना । हाम्रो चलचित्र ए मेरो हजुर–४ भाद्र १८ (२०७८) मा प्रदर्शन हुँदैछ । सदाझैं हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु’।

फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको छ । फिल्म छायाँकनको अन्तिम चरणमा रहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE