जबरजस्ती करणीकाे आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ
पोखरा-सशस्त्र प्रहरी बल पोखरा लामपाटनका एसएसपी राजेन्द्र अधिकारीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । २७ बर्षीया एक महिलालाई अधिकारीले आफ्नै क्वाटरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । भरतपुर चितवनकी एक महिलालाई बुधबार आफ्नो क्वार्टरमा खाना खान बोलाएर जबरजस्ती करणी गरेको उजुरीमा भनिएको छ ।
दिउँसो करिब २ बजे पीडित महिलाले एसएसपी अधिकारीबिरुद्ध उजुरी दिए पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । हमालका अनुसार जबरजस्ती करणी भएकी महिलाको उजुरी पछि तत्काल प्रहरीले जबरजस्ती करणीका आरोपित एसएसपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE