Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

हेलिकप्टरको अगाडि उभिएर र गायिका जोशीले को संग गरिन् “इङ्गेजमेन्ट”

८ आश्विन काठमाडौं – गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गर्नुभएको छ । उहाँले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो ।

तस्बिर स्रोत गायिका जोशीको फेसबुकबाट

गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिनुभएको छैन । उहाँले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ ।

उहाँले इंगेजमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जताततै छाएको छ । गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ ।

तस्बिर स्रोत : गायिका जोशीको फेसबुकबाट

उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् । गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताउनुभएको थियो । तरपनि उहाँले आफ्नो प्रेमीबारे भने खुलाउनुभएको थिएन ।

WRITE COMMENTS FOR THIS ARTICLE