नवनियुक्त प्रदेश प्रमुख झा जनकपुर पुग्दा मन्त्री विरगजमा
९ फागुन
काठमाण्डौ – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत विमानस्थल नपुगेपछि विभिन्न कोणबाट चर्चा हुन थालेको छ।
तर प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनकपुरधाममा कुनै मन्त्री उपलब्ध नरहेका कारण राज्यमन्त्री स्वागतका लागि पुगेको स्पष्ट पारेका छन्।
नवनियुक्त प्रदेश प्रमुख झाको नियुक्तिलाई लिएर प्रदेश सरकारले आलोचना गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री यादवले प्रदेश सरकार उनको पछिल्लो मधेश विरोधी तथा संघीयता विरोधी गतिविधिलाई कडा आलोचना गर्दै आइरहेको स्वीकार गर्दै भविश्यमा पनि यस्तै गतिविधि रहे सोहीअनुरुप आफूहरुले रणनीति बनाउने बताएनु भयो ।
उनले भने ‘मधेशलाई गाली गर्ने तथा संघीयताको विरोध गर्नेलाई पछिल्लो समय प्रधानमन्त्री ओलीले पुरस्कृत गरिरहेका छन्, नवनियुक्त प्रदेश प्रमुखलाई समेत सोही क्रममा पुरस्कार स्वरुप नियुक्त गरिएको हुनसक्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE