इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदै
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदै
११ जेठ, काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल, विश्वकप छनोट र २०२३ को एसियन कपको छनोट खेलका लागि आज इराक जाँदैछ । राष्ट्रिय फुटबल टोली राति १० बजे कतार एयरवेजबाट जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीमा २३ खेलाडी र १२ जना अफिसियल सहित ३५ सदस्यीय टोली इराक जान लागेको हो । टोलीसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार शिलवाल पनि इराक जाने बताइएको छ ।
जेठ १५ गते नेपाल र इराकबीच हुने मैत्रीपूर्ण खेलपछि जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जानेछ। कुवेतमा विश्वकप र एसिया कप छनोटको खेल हुने जनाइएको छ । टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।
यसअघि घरेलु मैदानमा खेल हुने तय भए पनि कोरोना भाइरसको महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा खेल हुन लागेको हो।
नेपाल ३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ। नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। चौथो स्थानमा रहँदै खेल सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउनेछ ।
इराक जानु अघि गराइएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । नेपाली राष्ट्रिय टोलीको आउने जाने खर्च फिफाले व्यहोर्ने एन्फाले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE