Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

विदेश जानेहरुले दुई अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन पाउने

विदेश जानेहरुले दुई अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन पाउने

११ साउन, काठमाडौं– विदेश जाने कामदारहरुका लागि कोरोनाबिरुद्धको खोप २ अस्पतालहरु तोकेको छ । अध्यायन तथा कामदार भिसामा बिदेश जानेहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने छन् ।

खोप लगाउनका लागि भिसा र पासपोर्ट अनिवार्य देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि उक्त दुई अस्पतालहरुमार्फत खोप दिन लागिएको मन्त्रालयको भनाइ छ ।

कामदार तथा अध्यायनका लागि बिदेश जाँदा खोप अनिवार्य गरिएको छ । खोप लगाएर विदेश जाँदा क्वारेन्टिन समेत बस्नु पर्दैन ।

WRITE COMMENTS FOR THIS ARTICLE