लुम्बिनीमा एमालेकै एकल बहुमत सरकार बन्ने
१९ वैशाख, काठकाडौँ – लुम्बिनी प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । दुई दलको बहुमतको आधारमा मुख्यमन्त्री बनेका शंकर पोखरेलले राजीनामा दिएपछि अब एकल बहुमतको सरकार गठनको बाटो खुलेको हो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल गर्ने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेलले त्यसअगावै राजीनामा दिएका हुन् ।
अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुनेछ । माओवादी केन्द्र र जसपाका गरी ६ जना सांसदको पद रिक्त भएपछि एमालेलाई एकल सरकार बनाउन सहज भएको हो ।
८७ सदस्यीय प्रदेशसभामा अहिले ८१ सांसद छन् । एमाले एक्लैसंग ४१ सांसद छन् । कांग्रेसको १९, माओवादीको १७, जसपाको २ र जनमोर्चाका १ जना सांसद गर्दा जम्मा ३९ सदस्य हुन्छ । यी गठबन्धनले माधव नेपाल पक्षका दुई सांसदको साथ लिएर मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्ताव पारित गराउने पक्षमा थिए ।
मुख्यमन्त्री पोखरेलले राजीनामासँगै उपधार १ बमोजिम सरकार गठनको माग गरेका छन् । प्रदेशप्रमुखको कार्यालयले सम्भवतः सोमबार शपथ गराउने कार्यक्रम गर्नेछ । उपधारा १ बमोजिम गठन भएको सरकारले तीन दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE