Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अब मिलेर होइन एक्लै लडेर चुनाव जित्ने हो : गगन थापा

१६ असोज, काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिनै एक्लै बहुमत ल्याउने विश्वस व्यक्त गर्नुभएको छ। काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

१४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने उहाँले बताउनुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो ।

कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ।’

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE