नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो
७ असोज
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोरको गरी २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, सिरहाका ५० वर्षीय पुरुष र ललितपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै बर्दियाका ६४ र ३९ वर्षीय २ जना पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ४ सय ३६ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट ०।६४ प्रतिशत हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE