Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

५ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुग्नुभएको हो । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, सोही क्रममा आज खुमलटार पुग्नुभएको हो ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE