कोपा अमेरिका कप : जापनसंग उरुग्वेको २-२ को बराबरी
एजेन्सी । कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २-२ गोलको बराबरीमा रोकिएको छ । ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।
खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा र्पुयायो । उसका लागि लुइस स्वारेजले गोल गरे । पहिलो हाफ एक(एक गोलको बराबरी भएको खेलको ५९ औं मिनेटमा फेरि मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाए ।
तर ६६ औं मिनेटमा जिमिनेजले गोल गर्दै उरुग्वेलाई बराबरीमा र्पुयाए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र उरुग्वेले अंक बाँड्न बाध्य भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE