Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

मादक पदार्थ सेवन गरेर कुटपीट गरी आफ्नै भाइको हत्या गरेको अभियोगमा एक पक्राउ

मादक पदार्थ सेवन गरेर कुटपीट गरी आफ्नै भाइको हत्या गरेको अभियोगमा एक पक्राउ

१७ साउन, काठमाडौं– आफ्नै भाइको हत्या गरेको अभियोगमा बाँकेबाट एक जना पक्राउ परेका छन् ।

आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनार पक्राउ परेका हुन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भई घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

उक्त सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने गुमानलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE