Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आज यस वर्षकै चिसो दिन : तराईमा शितलहर र बाक्लो हुस्सु

२ पुष
काठमाडौं
हाल नेपालको पूर्वी तथा पश्चिमी नेपालको तराई भू(भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । जसका कारण वर्षकै अत्याधिक चिसो महसुस गरिएको महाशाखाले जनाएको छ । केही दिनदेखी काठमाडौँको तापक्रम निरन्तर रुपमा घटिरहेको छ ।

आज दिउँसो प्रदेश नं.१ तथा गण्डकी प्रदेशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राती देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू९भागमा मौसम सामान्यतया सफा रहनेछ ।

दैनिक तापक्रमको गिरावटका कारण चिसो बढ्दै गएकाले त्यसबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ। तराईका अधिकांश तथा पहाडका केही भू९भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE