Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सावित्रा भण्डारीले पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्धित

२ साउन, काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रीलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो ।

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन ।

सन् २०२० सिजन सावित्राले गोकुलमबाट लिग उपाधि जितेकी थिइन् । त्यस अघि सावित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधि जितेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE