Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

संसद पुनःस्थापनापछि सभामुखको भेटघाट तिब्र

१६ फागुन
काठमाडौं –
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढाउनु भएको छ छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो ।

त्यसपछि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेको संसद सचिवालय स्रोतले जनाएका छन ।

सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापनासँगै सभामुखको सक्रियता बढ्नुलाई स्वभाविक भएको बताउनु भयो । ‘संसदको नेता सभामुख हुने भएकाले पछिल्लो समय भेटघाट र छलफलहरु स्वभाविक रुपमा बढेका छन्’ ती भेटघाट, छलफल र परामर्शमा प्रतिनिधि सभा बैठकसँगै केन्द्रीत हुने गरेको न्यौपानेले बताउनु भयो ।

उहाँले शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेको जानकारी दिनु भयो । सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरि सक्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE