Date
शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालको दोस्रो हार

३ जेठ, काठमाडौं -महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालले नेपालले युगान्डाविरुद्ध गातार दोस्रो हार व्यहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगान्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय २ रन पूरा गर्यो । युगान्डाको जितमा रिता मुसामालीले सर्वाधिक ३० रन बनाईन् । यस्तै फ्रान्कलिन नाजुम्बाले १९ रन जोडिन् । जनेट बाबाजीले १६ रन जोडिन् । नेपालकी कविता कुँवर र शबनम राईले २/२ विकेट लिए । यस्तै सिता राना मगर र रुबिना क्षेत्रीले १/१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन जोडिन् । सरिता मगरले २२ रन बनाईन् । डोली भट्ट १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री ९ रनमा अविजित रहिन् । सिता राना मगर ६, इन्दु वर्मा ५ र अप्सरी बेगमले ३ रन जोडिन । कविता जोशी सुन्य रनमा आउट भईन् ।

युगान्डाकी जनेट बाबाजीले २ विकेट लिईन् । रिता मुसामाली, कोन्सी वेको र एन्यिपोले १/१ विकेट लिए । यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।

यस अघि सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो । नेपालले अब बिहीबार तेस्रो टी–ट्वान्टीमा युगान्डासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दुई टोलीबीच चौंथो टी–ट्वान्टी जेठ ६ गते र अन्तिम टी–ट्वान्टी जेठ ७ गते हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE