Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

१७ साउन, काठमाडौँ – घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिनुभयो । त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE