Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पल शाहको आक्रोस : मलाई पारिश्रमिक नदिने मान्छे ‘पापी’ हो

काठमाडाैँ-नायक पल शाहले आफूलाई पारिश्रमिक नदिनेले मनमा पापको भारी बोकेको बताउनु भएको छ । नायक शाहले केही समय अगाडि सामाजिक संजाल मार्फत कलाकारले पारिश्रमिक नपाउँदा डिप्रेशनमा गएको खण्डमा जिम्मेवारी कसले लिने भनेर प्रश्न लेखेका थिए ।
के तपाइले स्टाटस लेखेपछि उहाँले कुरा गर्न खोज्नुभयो त भन्ने प्रश्नमा पल शाह भन्नुहुन्छ–‘खै मान्छेको बानी के भएको हो, लाज छैन डर पनि छैन । सबैभन्दा पहिले मानिसको मन सफा हुनुपर्छ । जसको मनमा घृणा छ, पाप छ उ कहिले पनि सफल हुन सक्दैन ।’ पल शाहले, पारिश्रमिक नदिने निर्माताको नाम नखुलाई भन्नुभयोे–‘मनमा पाप बोकेर बस्नुभएको छ, उहाँ पापी हो ।’
नायक पल शाहले चलचित्र ‘नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि सफलता पाउँदै प्रप्त गर्दै आउनुभएको पलले पारिश्रमिक नपाएको प्रश्न उठाएपछि अहिले चलचित्र क्षेत्रमा यो बिषयमा बहस सुरु भएको छ । अनलाईन खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE