Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बार्सिलोनाका पूर्व स्टार स्ट्राइकर स्यामुएल इटो चढेको कार दुर्घटना

२५ कात्तिक
काठमाडौं – स्पेनिश क्लब बार्सिलोनाका पूर्व स्टार एवं क्यामरुनी फुटबल स्टार स्यामुएल इटो सडक दुर्घटनामा परेका छन् ।
 
बिपरित दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनी चढेको कार दुर्घटनामा परेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी सवार कार क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा दुर्घटनामा परेको हो ।
 
दुर्घटनामा परेका इटोलाई सामान्य चोट लागेको छ । कारमा सवार सबैजना सकुसल भए पनि उनको कारको अगाडिको भाग भने क्षतविक्षत भएको छ ।
 
गत वर्ष खेल जीवनबाट सन्यास लिएका ३९ वर्षीय इटोले सन् २०१४ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE