Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

टिकटक बनाउने क्रममा पासोमा झुन्डिदा उदयपुरमा एक बालिकाको मृत्यु

टिकटक बनाउने क्रममा पासोमा झुन्डिदा उदयपुरमा एक बालिकाको मृत्यु

१३ जेठ, काठमाडौं– प्रदेश एकको उदयपुरमा टिकटक बनाउने क्रममा बालिकाको मृत्यु भएको छ। टिकटक बनाउनेक्रममा पासो लगायर अभिनय गर्न खोज्दा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की ११ वर्षिय सन्जिता बस्नेतको ज्यान गएको हो ।

बुधवार साँझ मुडामा चढेर पासो लगाएर टिकटक बनाउन खोज्दा सलको पासो बनाएर झुन्डिएको फुटेज देखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रारम्भिक अनुसन्धानमा आमा बुवा भान्सामा खाना पकाउँदै गर्दा बालिकाले टिकटक बनाइरहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बालिका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE