Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

मेलम्चीको पानी करिब एक महिनाभन्दा बढी काठमाडौं नआउने

मेलम्चीको पानी करिब एक महिनाभन्दा बढी काठमाडौं नआउने

२० जेठ, काठमाडौं– मेलम्चीको पानी वितरण करिब एक महिना बढी रोकिने भएको छ । मेलम्चीको पानीका लागि सुरुङ परीक्षण गर्नुपर्ने भएकाले असार १ गतेदेखि करिब एक महिना बढी पानी वितरण बन्द हुन लागेको हो ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार, ‘कार्यविधि अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले करिब एक महिना आयोजनाले वितरण गर्ने पानी रोकिने’ बताउनुभयो ‘‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइएकोले अब पुनः एक महिना परीक्षण गरेर पानी पठाउन सुरु गर्ने उहाँले बताउनुभयो ।

‘ठेक्का सम्झौता समापन गर्नुपर्ने समय आएको र त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर दुरुस्त अवस्थामा रहेको चेकजाँच गर्नुपर्ने भएकोले अब एक महिना सुरुङ खाली गर्छौं । त्यसपछि सबै ठिक भएपछि सधैंका लागि पानी सुचारु गर्छौं ।’ उहाँले भन्नुभयो ।

सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।

निरीक्षणका क्रममा दुरुस्त रहकेको पाइए एक महिनाभित्रमा पुनः मेलम्चीको पानी वितरण सुचारु गर्ने समितिको तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE