Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

अवैध लागूऔषधसहित दुई पक्राउ

अवैध लागूऔषधसहित दुई पक्राउ

८ साउन, काठमाडौं– अवैध लागूऔषध चरेससहित प्रहरीले कैलालीबाट २ जनालाई पक्राउ गरेको छ ।

टिकापुर नगरपालिका–८ सत्ती पुलस्थित सडकबाट ३० ग्राम ३ मिलिग्राम अबैध लागूऔषध चरेस सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने १९ वर्षिय राहुल रावल र बर्दिया गेरुवा गाउँपालिका–४ कटेजपुर बस्ने १९ वर्षीय जनक धामी रहेका छन् ।

से.७ प १३३८ नम्बरको स्कुटरलाई प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँचको गर्ने क्रममा प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक धामी र स्कुटरमा सवार रावललाई पक्राउ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE