Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आजको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

काठमाडौँ – बिहीबार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेको छ। साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

जारी पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही  केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एकरदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE