राजीनामालगत्तै वर्षमान पुन क्वार्टर छाडेर डेरामा
५ पुष
काठमाडौँ – ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाड्नुभएको छ । मन्त्री स्रोतका अनुसार जैदेखि पुन बालुवाटारस्थित डेरामा सर्नुभएको छ ।
‘राजीनामा दिएसँगै सामान धमाधम सार्ने काम गरिएको र आजबाट नै क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्ने मन्त्रीका निजी स्रोतले जनाएका छन् । मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसक्नुभएको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिनुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE