सरकार ! मेरो मत खोई ?

कठै मेरो देश रेमिटन्सले धानेको छ । धन्न खाउ खाउ लाउ लाउ भन्ने उमेरका युवाहरु विदेशीयका छन् र त्यै रेमिटन्स पनि आएको छ । धेरै दाजुभाई तथा दिदि बहिनीहरु विदेशी भुमिमा आफ्नो रगत र पसिना बगाएका छन् र नेपालको ५ तारे होटेलमा बसेर तपाईहरु नेता ज्युहरुले सरकारी कर्मचारी, सांसद र बृद्धा भत्ता बढाउन पाउनु भएको छ । निर्वाचनको बेलामा यो र त्यो विकास गर्छु भनि जनतालाई आश्वसन दिन पाउनु भएको छन् । खाडीमा पसिनाको खोली बगाएर तपाईहरुलाई चिल्ला गाडी चड्ने हैसियतमा पुर्याउने ति युवालाई तपाई सांसद, मन्त्री तथा हामी नेपालमा बसी सेवा सुविधा उपयोग गर्ने सम्पुर्णले एक चोटी सलाम त गर्नु नै पर्छ ।
हामी चुनावको मुखमा नै छौँ । यो कारण पनि विदेशी भुमिमा रहेका नेपालीहरुको विषय उठान गर्न मन लागेको हो । नेपालको अर्थतन्त्रको करिब ७५ प्रतिशत रेमिट्यान्सले धानेको त हामीले विभिन्न आँकटाबाट स्पष्ट नै छौँ । आज देश चुनावको महासंघारमा रहदा कठैँ विदेशिएका ति नेपाली दाजु भाई तथा दिदि बहिनीहरु जसले देश र देश विकासको लागि आफ्नो ज्यानलाई समेत खुकुरीको दाउमा राखी विदेशी भुमिमा रगत र पसिना बगाई रहेका छन् । जसको कारण आज चुनावी संघारमा रहेको नेता ज्युहरुले विकासे सपना बाड्न पाउनु भएको छ । तिनै महान हस्तीहरुलाई वेवास्ता गरिदै छ । एउटा नेताले मात्र होईन सिङ्गो देशले नै ति व्यक्तिहरुलाई पछाडी राखेर चुनाव गर्दै छ ।
विभिन्न समयमा नेताको भाषणमा रेमिट्यान्स नै देशको मुख्य आय हो भनेर घोक्रो सुक्ने गरी चिच्याएका पनि हुन । तर जति बेला सम्झनु पर्ने हो त्यति बेला नै नसम्झे पछि जति घोक्रो फुल्याए पनि त्यो त बालुवामा पानी खन्याए सरह त भयो नि होईन र । देशलाई जस्तो सुक्कै विपत्ति पर्दा पनि आफ्नो परिवार नभनि पसिना र रगत संग साटेको पैसा देश जोगाउनु पर्छ भनेर लाग्नेहरुलाई आज देशले कतिको सम्झीयो त ? सोच्ने बेला आएको छ ।
विदेशिने बेलामा वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालयमा गएर श्रम स्विकृति लिएर गएका व्यक्तिहरुको आस लास बनेर फर्किदा अत्तो पत्तो पाउदैनन् हाम्रा देशका श्रम मन्त्रीहरु । एक चोटी सोच्नुहास् समाननिय माननिय सांसद मन्त्री तथा उच्च अओदामा रहनु भएका मान्य ज्युहरु तपाईले नेपालबाट सिफारिस गरेर पठाउनु भएका राजदुतहरुले विदेशी भुमिमा रहेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई कत्तिको सुविधा दिनु भएको छ । तपाईहरु स्वयमले त चुनाव जस्तो निर्णक भुमिकाको लागि जस्ले देशलाई पालि रहेको छ उस्लाई त वेवास्ता गर्नु भयो भने तपाईले सिफरिस गरेर पठाएका तपाईका कर्मचारीले के गर्लान तपाईहरु आफै भन्नुहोस् ।
नेपालमा रहदा बेरोजगारीको चरम समस्या भोगेर विदेशी भुमिमा गएर फर्केर आए पछि भए पनि देशमै केही गर्नु छ भन्ने मिठो सपना देखेर जानेहरुलाई अन्याय भएको छ । विदेशी भुमिमा गएर घरको चुल्लो मात्रकी बल्ला कि भनेर होईन की देश विकास सम्म हाला भनेर जानेहरुको मनमा अघात पुगेको सरकार । आफ्नो पसिना संग सपना साटेर भए पनि देशको विकास गर्नु पर्छ भन्नेहरुलाई देश विकासको लागि निर्णायक भुमिका खेल्ने बेलामा ति महान व्यक्तिहरुलाई तपाईहरुले वेवास्ता गर्नु भएको छ मानािय ज्युहरु, अपसोच त तपाई ज्युहरुलाई हुने नै छ तर त्यो अपसोच पनि छिटै भैइदिए त देश विकासको लागि केही हुन्थ्यो कि ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE