झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला
१२ चैत
काठमाडौँ – १० फागुनदेखि ओछ्यानसहित बेपत्ता भएका महोत्तरी पिपरा गाउँपालिका(५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव फेला परेको छ ।
दुवैको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटोछेउमा फेला परेको प्रदेश( २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।
खाल्डो खनेर निकालिएको शवको दम्पतीका छोरा मनिसकुमार झाले सनाखत गरेका हुन् ।
‘मनिसले गीतादेवीले लगाएको कपडा, पोते, चुरा र उनका बुवाले लगाएको सर्टका आधारमा पहिचान गरेका हुन्,’ डीआईजी सिंहले भने ।
झा दम्पतीको अपहरण र हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई यसअघि नै पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा प्रहरी शव गाडेको ठाउँसम्म पुगेको हो ।
पक्राउ पर्नेमा पिपरा गाउँपालिका( ५ सहोडवा रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर रहेका छन् ।
उनीहरूविरुद्ध ५ चैतमा झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE